नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै पदभार सम्हाल्ने

12

अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पदभार ग्रहण गर्नेगरि तयारी थालिएको छ।

केहीबेर अघिमात्रै उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। जेन-जी आन्दोलन र त्यसपछिको राजनीतिक शून्यताले अस्तव्यस्त बनेको मुलुकको प्रशासन संयन्त्रलाई लयमा फर्काउने चुनौतीपूर्ण जिम्मेवारी उनको काँधमा आएको छ।