नव गायक ईन्द्र तामाङको पहिलो एल्बम “मेरो मन“ सार्वजनिक

502

विकास देव लामा । भक्तपुर , नव गायक ईन्द्र तामाङको पहिलो एकल अडियो एल्बम “ मेरो मन“ भक्तपुरमा एक कार्यक्रमका बिच विमोचन भएको छ।

भक्तपुर तामाङ कलाकार संघका अध्यक्ष गायक शुक्र लामा दोङको प्रमुख आतिथ्यमा बिमोचन गरिएको हो।

तपाईहरुको माया र प्रेरणा पाएमा मेरो सांगितिक यात्रालाई अझ अगाडी बढाउन हौसला मिल्नेछ । गायक ईन्द्र तामाङले वताउनुभयो ।

साथै यो गीति एल्बम तयार गर्नको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण मित्रजनहरुलाई हृदयदेखि नै मुरि मुरि धन्यवाद दिदै उहाँले आगामी दिनमा सांगीतिक थात्राको निरन्तरता दिने वताउनुभयो ।

कार्यक्रममा गायकहरु राजकुमार तामाङ , अभिषेक तामाङ , श्याम पाख्रीन, निमा दोङ, बिरेन्द्रा दोङ, कुमार तामाङ, रोम दोङ, अग्निसा लामा, सेन्स योन्जन, हावा लामा, गितकार जनाक थोकर सुर्य योन्जन तामाङ, अर्जुन पुर्बेली, सम्झना बम्जन, मोडल सुनिता दोङ, सिम्रान पौडेल, मोडल राहुल मोक्तान, अनिल राज, संचारकर्मि मोहन दोङ ,फोटोग्राफर बिकास देव लामा लगायतको उपस्थितिमा एल्बम विमोचन गरिएको थियो ।