नारायणगढ–मुग्लिन सडकको विकल्प मनहरीबाट परेवाभीर–कैलाश–डाँडाखर्क–मलेखु हो: बाँनियाँ

69

काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् बागमती प्रदेश सांसद ईन्द्र बहादुर बानियाँले नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजी गर्नु पर्ने बताउनु भएको छ ।

वर्षातमा मात्र नभएर सुख्खा यामाा समेत पहिरोको जोखिम रहेको उक्त सडकको विकल्प खोजी नहुँदा यात्रु तथा ढुवानीमा समस्या आएको उहाँको भनाई थियो ।

‘नारायणगढ–मुग्लिन राजमार्गको अन्य विकल्प नहुँदा जोखिम मोलेरै भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ ।

हामीले जसका कारण बर्षैनी मानविय क्षती समेत भोग्दै आएका छौ अव पनि यसको विकल्पको खोजी नहुने हो भने जोखिम अझ बढ्ने बाँनियाँले बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात हुने सबैभन्दा उपयुक्त र महत्वपूर्ण नाका भनेकै वीरगंज–रक्सौल नाका भएकाले यसको विकल्पमा मकवानपुरको मनहरीबाट परेवाभीर–कैलाश–डाँडाखर्क–मलेखु खण्डलाई थोरै खर्चमा स्तरीकरण गर्न सकिने उहाँको भनाई छ ।

‘यसले काठमाडोँको दूरीलाई छोटो गराउनुका साथै पेट्रोलियमको व्यापार घाटालाई समेत कम गर्ने उहाँको भनाई छ । उक्त क्षेत्रमा चेपाङ बस्ती पनि भएको र फास्ट ट्रयाकको लाभ उनीहरुलाई पनि मिल्ने बानियाले बताउनुभयो ।

‘मकवानपुरको मनहरीबाट सडक स्तरीकरण गर्न सकेमा थोरै खर्चमा नै हामी सडक विस्तारसंगै त्यहाँका गरिब, विपन्न तथा पिछडिएका चेपाङ बस्तीको जीवनशैलीमा समेत परिवर्तन ल्याउन सकिने उहाँले जिकिर गर्नुभयो ।