निर्माण व्यवसायी महासंघको अध्यक्षमा भक्तपुरका देउजाको उम्मेद्दवारी

412

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघको अधिवेसन नजिकिएसँगै उम्मेदवारहरूले चुनावी प्रचार बढाएका छन्।

आगामी कार्यकालको नेतृत्वका लागि महासचिव रामशण देउजा, महासंघका सल्लाहाकार यक्षध्वज कार्की, अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित हुमनाथ कोइराला र व्यवसायी रविसिंह पुनले अध्यक्षमा दाबी गरेका छन्।

महासचिव देउजाले साना ठूला सबै व्यवसायीको समस्या आफूले बुझेको भन्दै सरकार र व्यवसायीबीच पुलको काम गर्ने धारणा राखे। ुनेतृत्वमा नपुगेको स्थितिमा नीति भएरमात्रै हुँदैन रहेछ।

त्यसैले मसंग भएको नीतिलाई नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने सोच छु बुधबार गरिएको साक्षत्‍कारमा देउजाले भने। उनले आफूभन्दा अग्रजहरुले गरेका कामप्रति आफू सन्तुष्ट नभएको भन्नेदै तृत्वमा युवा आउने पर्ने भएको र युवाको भावना आफूले बोकेको दाबी गरे।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यावसायीमहासंघमा उपयुक्त नेतृत्व आवश्‍यक परेको उनको भनाई छ। ,‘यसलाई कसरी वैज्ञानिक र साना निर्माण व्यवसायीको हितमा गर्न सकिन्छ रु भनेर मैले लामो अध्ययन गरेको छु, त्यसैलाई व्यवहारमा उतार्नको लागि मेरो उम्मेदवारी हो’ देउजाले भने।

यस्तै, संघका सल्लाहकार यक्षध्वज कार्कीले संघमा नेतृत्व गर्ने मानिसको अभाव भएको बताउँदै पुनः अध्यक्षको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए।अध्यक्षका प्रत्यासी हुमनाथ कोईरालाले आफूसँग ‘भिजन’, मिशन र एक्शन रहेको भन्दै आफूले अध्यक्षको लागि उम्मेदवार घोषणा गरेको बताए।

व्यवसायी रवी सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीकोबीचमा भएको खाडललाई पुर्नको लागि आफू पुनः नेतृत्व लिन चाहेको बताए। अघिल्लो अधिवेशनबाट निर्वाचित शरदकुमार गौचनको काठमाडौंमा गोली हानी हत्या गरिएपछि तत्कालिन वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ अध्यक्षको कार्यभार सम्हालेका छन्।