Home समाचार निर्वाचनमा हत्या गरिएका शिक्षक परियार शहिद घोषित शहिदको नाउँमा पौडेलको राजनीति

बलराम प्यासी
काठमाडौं ।
गत ३१ बैशाखमा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मत खसालेर घुम्न निस्केको समयमा हत्या गरिएका विश्व निकेतन मावि त्रिपुरेश्वर काठमाडौंका शिक्षक एवम् रंगमञ्च कलाकार स्व.विक्रम परियारलाई सरकारले शहिद घोषणा गरेको छ ।
वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माको विशेष पहलमा सोमबार बसेको मन्त्रीपरिषद वैठकले स्व.परियारलाई शहिद घोषणा गरेको हो । शहिद घोषणासंगै स्व.परियारको परिवारले १० लाख पनि पाउने भएको छ ।
हत्या भएको करीव ६ महिनापछि स्व.परियार शहिद घोषणा गरिएको हो । निकै लामो संघर्ष र दौडधुपपछि आफ्ना स्वर्गीय पतिलाई शहिद घोषणा गरिएकोप्रति स्व.परियारकी धर्मपत्नि बिमला परियारले सन्तोष व्यक्त गरीन् ।
स्व.परियारलाई शहिद घोषणा गर्नुअघि कुनै सहयोग नगरेका तनहूँ १ का प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावको मुखमा स्व.परियारलाई आफ्नो पहलमा शहिद घोषणा गरिएको भनेर हल्ला फिजाउँन लागेको बताइन्छ ।
तनहूँको व्यास नगरपालिका वडा नं १ भादगाउँका स्थानीय वासिन्दा परियार जेठ ३१ मा स्थानीय तहको निर्वाचनमा मत खसालेपछि काठमाडौं निवासी आफ्ना साथी देवनारायण श्रेष्ठसंग मतदान केन्द्रभन्दा केहशी पर तनहूँकै छाला कारखाना छेउछाउमा घुम्न निस्केका थिए ।
सोही ठाउँमा घुम्न आएका ४ युवा र २ युवतीसंग साधारण भनाभन हुँदा ती ६ जनाले नै मिलेर शिक्षक परियारको हत्या गरेको आरोप लगोको छ ए । हत्याको आरोप लागेका ६ जनालाई प्रहरीले हत्या अभियोगमा थुनामा राखी ज्यानमुद्धामा कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
विश्व निकतन मावि त्रिपुरेश्वरका अंग्रेजी विषयका शिक्षकको रुपमा लामो समयदेखि अध्यापनरत रहेता पनि उनी स्थायी भएको १३ वर्ष मात्रै भएकोको बेलामा उनको हत्या भएकोले उनको परिवारले विद्यालयबाट निवृत्तिभरण पाएको छैन । स्व.परियारकी धर्मपत्नि विमलाले सरकारसंग निवृत्तिभरणको पनि माग गरेकी छिन ।
सांगितिक परिवारका स्व.परियारका एक श्रीमती, एकछोरा वैभव र छोरी सम्वृद्धि परियार छन् । उनीहरु तीनैजना गायन क्षेत्रमा आवद्ध छन् । छोराछोरी विद्यालय तहका विद्यार्थी हुन ।
Related