नुवाकोट–२ मा कांग्रेसले जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनायो

0

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट जगदीश्वरनरसिंह केसीलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

आगामी फागुन २१ गते निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। यसअघि विभिन्न राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन्।

कांग्रेसले नुवाकोट–१ बाट प्रकाशशरण महतलाई उम्मेदवार बनाइसकेको छ भने नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो।

अघिल्लो निर्वाचनमा नुवाकोट–२ बाट अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए। यसपटक अर्जुन कांग्रेसको समानुपातिक सूचीमा खस आर्य पुरुषतर्फको एक नम्बरमा रहेका छन्।