नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीका वडा सदस्य ३७ किलो चरेस सहित पक्राउ

355

बुटवल। नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीका वडा सदस्य ३७ किलो चरेस सहित पक्राउ परेका छन् । रुपन्देहीको बेलवासबाट उनीबाट ठुलो परिमाणमा चरेस बरामद भएको हो ।

३७ किलो चरेस सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानका ४० वर्षीय टिका राष्कोटी रहेका छन् ।

राष्कोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन ।
उनी सहित बागलुङका ३४ वर्षीय जनक घर्ती र कपिलवस्तुका ५० वर्षीय नहारि थारूलाई पनि प्रक्राउँ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।