नेकपा संसदीय दलको प्रमुख सचेतकमा शाह र सचेतकमा नेपाली

244

सुर्खेत : कर्णाली प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीले संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ। सांसद गुलाबजं शाहलाई प्रमुख सचेतक र सांसद सीता नेपालीलाई सचेतकमा चयन गरेको हो।

सांसद शाह सल्यानबाट तत्कालीन नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने नेपाली सुर्खेतबाट तत्कालीन माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन्।

एमाले र माओवादी पार्टी एकीकरण हुनुपूर्व शाह तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक थिए भने भने नेपाली माओवादी केन्द्रकी प्रमुख सचेतक थिइन्।

नेकपाको संसदीय दलको पूर्णता पाएसँगै मिनी संसद भनेर चिचिने संसदीय समितिले पनि नेतृत्व पाउने र कामले पनि गति लिने अपेक्षा गरिएको छ।

Source link