काठमाडौं । नेपालका २८ जना बालक भारतको विभिन्न बाल आश्रममा रहेको खुलेको छ । धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका कुल २८ जना बालक भारतको चेन्नईमा रोजगारीका लागि जाने क्रममा भारतको प्रशासनले नियन्त्रणमा लिएको हो ।
गत चैत १४ गते भारतको बिहारस्थित सितामढी नाका हुँदै गइरहेको अवस्थामा त्यहाँको प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिएको हो । धनुषाका ११ जना, महोत्तरीका १२ जना, सिराहाका ३ जना र सर्लाहीका २ जना गरी कुल २८ जनाको समुहलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो ।
१५ देखि १७ वर्ष उमेरका ती बालकहरूको समूहलाई नियन्त्रणमा लिएपछि सीतामढीस्थित बाल कल्याण समितिको बाल आश्रममा राखिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले लोकान्तरलाई जानकारी दिए ।








































