नेपालमा शिक्षा अधिकार बारे नागरिक सम्मेलन सुरु

403

काठमाण्डौं । सवैकालागि गुणस्तिरिय शिक्षा अभियान अन्तर्गत नेपालमा शिक्षाको अधिकार बारे नागरिक सम्मेलन सुरु भएको छ । काठमाण्डौंको कमलादीमा दुई दिन सम्म चल्ने सम्मेलनमा आधारभूत शिक्षा, आधारभूत मानव अधिकार विषयमा छलफल हुने छ ।
नेपालमा शिक्षाको अधिकार संविधान देखि विद्यलाय र परिवार सम्म वर्तमान सवाल र अवसरका विषयमा सम्मेलनमा छलफल भएको छ । सम्मेलनमा शिक्षाको ब्यवस्थापन तथा अनुगमनमा जनसहभागिता सवलिकरण , शिक्षामा श्रोत ब्यवस्थापन परिचालन विषयमा छलफल भएको थियो ।
नेपालमा विद्यमान शिक्षा पद्दती र अवको संवैधानिक अधिकार र परिस्कृत गुणस्तिरिय शिक्षाको विकासमा अवको आवश्यकता विषयमा सम्मेलनमा छलफल भएको थियो ।
सम्मेलनमा प्रमुख अतिथि प्रतिनिधि सभाका उप सभामुख शिवमाया तुम्वाहाङफेले शिक्षाको गुणस्तरको सवालमा सवै एक जुट हुनु पर्ने बताउनुभयो । उहाँका अनुसार हाल सामुदायिक विद्यालयका विद्यार्थीको गुणस्तरमा आएको कमीलाई मध्यनजर गर्दै उनीहरुको गुणस्तर विकासमा सवैले हातमा हात गर्नुपर्ने बताउनुभयो । सुरक्षित र संरक्षित विद्यालय वातावरण वालवालिकाको अधिकार भन्ने नारामा मात्र नभएर अवका दिनमा ब्यवहारमा लागू गर्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा पूर्व माननिय तथा मानव अधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले वाल अधिकारका विषयमा सरकार आफै उत्तरदायी नभएको आरोप लगाउनुभयो । हाल निशुल्क शिक्षाको नारा भएपनि हाल सम्म लागु नगर्नुले वालवालिकाको सवालमा सरकार उत्तरदायी नभएको उहाँले बताउनुभएको हो ।
नेपालमा शिक्षाको लागि बजेट हरेक बर्ष कमि हुँदै आएको नओस्क न्याक्रो संजालका अध्यक्ष बालअधिकार अभियन्ता डा. बिजय सैंजुले बताउनुभयो । उहाँका अनुसार नेपालले २० प्रतिशत पनि बजेटको ब्यवस्था गर्न नसक्नु सरकार यस प्रति उत्तरदायी नभएको बताउनुभयो ।
शिक्षा अधिकारका लागि राष्ट्रिय सम्मेलन आयोजक समिति एवं चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीको सभापतित्वमा उत्त सम्मेलन सूरु भएको हो । उहाँका अनुसार दुईदिने सम्मेलनले सार्वजनिक शिक्षाका समग्र पाटोलाई समेट्ने प्रयास गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ (SMC Federation), CNET,CNT, Consortium, CRC committee, HRTMCC,CZOP,DUCOM,Education Watch Group, EJG,EJON,IEFN,MuAN,NACRO,NAOSC,NCFLG Foraum,NCPA, NARMIN रहेका छन् । यस्तै कार्यक्रमको संयोजन भने लुनिभा चाइल्ड कन्सर्न ग्रुपले गरेको छ । कार्यक्रमको आर्थिक सहयोग भने फिनल्याण्ड परराष्ट्र मन्त्रालय, वल्र्डभिजन ईन्टरनेशनल नेपाल र टीडीएच जर्मनले गरेको छ ।