नेपाललाई हिन्दू राष्ट्र घोषण गर्न जनमत संग्रहको माग : थापा

723

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषण गर्न जनमत संग्रह गर्नु पर्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भक्तपुरको जिल्लास्तरीय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउन जनमत संग्रहको विकल्प नभएको बताउँदै यथा सिग्र जनमत संग्रह गर्नु पर्नेमा सवैले दवाव दिनु पर्ने बताए । कार्यक्रममा उनले पार्टीको राजसंस्थासम्बन्धी एजेन्डा र हिन्दू राष्ट्र सम्वन्धी एजेन्डा कमजोर बन्दै गएकाले पार्टीले देशव्यापी अभियान चलाउन लागेको समेत बताएका थिए । हामी हिन्दू राष्ट्र निर्माणको लागि जुन सुकै मूल्य चुकाउन पनि तयार भएको बताउँदै उनले यसका लागि पार्टीले आगामी फगुन देखि देश ब्यापी रुपमा अभियान पनि संचालन गर्ने बताए ।
‘९५ प्रतिशतभन्दा बढी नेपाली हिन्दु धर्मको पक्षमा छन् तर जनताले बुझ्न नसक्दा जनताले धर्म निरिपेक्षताको भारी बोक्न बाध्य भएको उनको ठम्याई थियो ।
उनले संघीय संसदमा राप्रपाका एकजनामात्रै सांसद भएकाले पनि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज ठूलो हुन नसकेको जानकारी दिए ।
महिला संगठनकी केन्द्रिय अध्यक्ष कान्ती शाही , केन्द्रिय सदस्य राजाजारम बतौला , केन्द्रिय सदस्य लक्ष्मी प्रसाद संगौला , केन्द्रिय सदस्य निना भेटवाल , युवक संगठनका केन्द्रिय सचिव प्रविण ढुंगेल र अभिशेक थापा , माधव खत्री लगाएतले सवै राप्रपा एक हुनु पर्नेमा जोड दिएका थिए ।
भक्तपुर जिल्ला स्तरिय महिला भेलाले रजनी खड्काको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्यसमिति निर्माण गरेको थियो । साथै महिला संगठन सूर्यविनायक नगरपालिका मा कोपिला भण्डारी ढुँगेलको अध्यक्ष चयन गरिएको थियो ।