नेपाली कांग्रेस, कैलाली–५ : प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस

0

कैलाली — नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ।

क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्न चारजनाले दाबी गरेकाले समितिले सबैको नाम जिल्ला समितिमा सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ सिफारिसमा परेका नामहरू पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, निवर्तमान सांसद डिल्लीराज पन्त, धनगढीका पूर्व नगरप्रमुख नृपबहादुर वड , पूर्व जिल्ला सभापति नरनारायण शाह (मनु) यस्तै, समानुपातिकतर्फ उम्मेदवार सिफारिसमा परेका नेताहरूः
जीवन रानाथारु, सुनिता राना, सुशीला मिश्र, जागृति बोगटी, गौरी लामा, टेकबहादुर रैका, नरबहादुर बम, निपा चोखाल, प्रमीला लम्साल, पुष्पा जोशी भट्ट र मनिराम देवल।

राष्ट्रिय सभाका लागि भने रिता भण्डारी, रामचन्द्र ओझा र हरिश खड्काको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।