भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनित हुनुभएको छ । कार्यसमितिको बिहिवार सम्पन्न १६ औं बैठकले निर्वाचित जिल्ला सदस्य नेपालको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो ।
त्यसैगरी बैठकले समितिको सचिवमा निशान ढुंगेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमोदन गरेको नवनियुक्त सहसचिव न्यौपानेले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को दफा १० को उपदफा ३ अनुसार निर्वाचित जिल्ला सदस्यहरु नेपाल, ढुंगेल र न्यौपानेको नाम क्रमशः उपसभापति, सचिव र न्यौपानेको नाम अनुमोदनको लागि प्रस्ताव गर्नुभएको थियो ।
त्यसैगरी जिल्ला सभापति थापाले जिल्ला सदस्यमा दिल कृण्ण प्रजापति, गजेन्द्र शंकर तिमिला र बिनोद प्रसाद कुइकेललाइ जिल्ला सदस्यमा मनोनयन गर्नुभएको छ ।
सभापति थापाले यसअघि रविन्द्र प्रधान, सुशिल बस्नेत र दयामान कर्माचार्यलाई सदस्यमा मनोनयन गर्नुभएको थियो ।
सभापति थापाले जिल्लाका महासमिति सदस्यहरु गणेशमान चक्रधर, बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुंगेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतका नेताहरुलाई स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गर्नुभएको थियो ।







































