गत जुन महिनामा सञ्चालित परीक्षामा कुल २ हजार ६०० पुर्णांकमध्ये अस्मिताले १ हजार ९ सय ६८ अर्थात ७५ दशमलव ६९ अंक हासिल गरि कलेज प्रथम र विश्वविद्यालयभरी दोस्रो भएको सो विश्वविद्यालयले जनाएको छ ।
पहिलो भएकी बैंगलोर विश्वविद्यालयकी छात्रा सुशीला आर.भन्दा नेपाली छात्रा अस्मिताको अंक पाँचमात्रै कम छ । अर्थात पहिलो भएकी सुशीलाले १ हजार ९ सय ७३ ल्याएकी छिन् ।
सो विश्वविद्यालयबाट पाँचौ स्थानसम्म हासिल गर्नेविद्यार्थीलाई विश्वविद्यालयको दिक्षान्त समारोहमा विशेष सम्मान गर्ने जनाएको छ ।
नगरकोटमा जनसम्पर्क व्यवस्थापकको रुपमा कार्यरत अशोक थापा र समाजसेवी मञ्जु थापाकी कान्छी छोरी हुन । उनी भविष्यमा शिक्षा तथा समाजसेवातर्फ लाग्ने सोचाईमा छिन् ।