नेपाली सेनाका ६४ जना शिक्षार्थीहरु दिक्षित

329

नेपाली सेनाका ६४ जना शिक्षार्थीहरु दिक्षित

काठमाडौं । खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भईरहेको सि.सं.५७ अ.क्या. तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दिक्षान्त समारोहमा भएको छ। 

उक्त समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमीतर्फ प्रथम, द्धितिय र तृतिय हुने शिक्षार्थीहरु क्रमश सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत गरेका छन्। 

उक्त दिक्षान्त समारोहमा पुरुष ५४, महिला ८ र विदेशी २ (केन्या र माल्दिभ्स) गरी जम्मा ६४ जना शिक्षार्थीहरु दिक्षित भएका थिए। 

दिक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तिर्थराज खनिया, अवकाश प्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतलगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति थियो।
 

प्रतिकृया दिनुहोस

Source link