वलराम प्यासी
काठमाडौं । नेपाल र दक्षिण कोरियावीचको मित्रताको उपहारको रुपमा मध्यपुर ठिमीको मेचडाँडामा स्थापित ५० शैय्याको नेपाल कोरिया मैत्री अस्पतालमा बुधबारदेखि दुईजना कार्यकारी निर्देशक भएको कुरा सार्वजनिक भएको छ ।
मध्यपुर ठिमी नगरपालिकाद्वारा सञ्चालित सो अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् सो नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा विगत ४ वर्षदेखि वरिष्ठ छारेरोग विशेषज्ञ डा.दिपेन्द्रकुमार रौशन कार्यकारी अधिकृत कार्यरत रहँदा रहँदै पाटन अस्पतालका जनरल फिजिसियन डा.ज्ञानकृष्ण कायस्थलाई पनि कार्यकारी निर्देशक नियुक्त गरिएको कुरा सामाजिक सञ्जाल फेसबुकमा राखेपछि सो अस्पतालमा बुधबारदेखि २ जना कार्यकारी अधिकृत भएको कुरा सार्वजनिक भएको हो ।
नगरप्रमुख श्रेष्ठले अस्पतालको नियम विपरित राजनैतिक हस्तक्षेप गरि एकजना कार्यकारी अधिकृत कार्यरत रहँदा रहँदै अर्का कार्यकारी निर्देशक नियुक्त गरेको कुरा अस्पताललाई कुनै जानकारी नदिई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि यसविषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चासो राखेको छ ।
सो अस्पताल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सञ्चालनमा ल्याएको मुलुकको एकमात्रै अस्पताल हो ।
वर्तमान कार्यकारी निर्देशक डा.रौशनले मन्त्रालयसंगको सहकार्यमा सो अस्पताललाई स्थानीय निकायका कर्मचारी र पदाधिकारीहरुको लागि मुलुककै एकमात्र रिफरल केन्द्रीयस्तरको अस्पतालको रुपमा विकास गर्न गत २ वर्षदेखि सक्रियरुपमा लाग्दै आएका थिए र सो काम अन्तिम चरणमा पुगेको थियो ।
बुधबारदेखि कार्यकारी नियुक्त गरिएको भनिएका डा.कायस्थ पाटन अस्पतालका तलवी चिकित्सक हुन । सो अस्पतालको नियमअनुसार अस्पतालमा कार्यरत चिकित्सक कुनैपनि अर्काे अस्पतालको कार्यकारी पदमा बसेर काम गर्न पाइँदैन । यसरी अन्यत्र काम गरेको पाइएमा निजमाथि कारवाही हुने प्रावधान छ ।
मध्यपुर ठिमीको वालकुमार निवासी डा.कायस्थ नगरप्रमुख श्रेष्ठको मतदाता हुन । डा.कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक बनाउन नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली र कानुन अधिकृत केशव सिलवालले सघाएको बताइन्छ ।

बुधबार नेपाल कोरिया अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् नगरप्रमुख श्रेष्ठले हालसम्म कुनै अस्पताल र स्वास्थ्य संस्थामा प्रयोगमा नआएको स्वयम्सेवक निर्देशक (भोलुन्टर डाइरेक्टर) पद सिर्जना गरि डा.कायस्थलाई वेतलवी हैसियतमा नियुक्त गर्न लागिएको कुरा माइन्युटमा लेख्न लगाएर उनलार्ई फुलमाला लगाएर अस्पतालमा स्वागत गरेका थिए ।
तर एकाएक साँझ नगरप्रमुख श्रेष्ठले डा.कायस्थलाई नेपाल कोरया मैत्री अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको कुरा सामाजिक सञ्जालमा पोष्ट गरेपछि बुधबार साँझैदेखि अस्पतालमा हंगामा मच्चिएको थियो ।

अस्पतालको अवस्था निराशाजनक अवस्थामा रहेको समय अर्थात २०५९ सालदेखि मध्यपुर ठिमीलाई कार्यक्षेत्र बनाई शुरुमा मेडिकल डाइरेक्टर र २०७० देखि कार्यकारी निर्देशकको रुपमा १५ वर्षेदखि निरन्तर काम गर्दै आएका डा.रौशनलाई नगरपालिकाले पुरस्कृत गर्नुपर्नेमा उनीमाथि कारवाही गरिएपछि भक्तपुरका सम्पूर्ण चिकित्सकहरु निराश भएका छन् र भन्छन, ‘अस्पतालमा राजनीति छिरयो । ’
मध्यपुर ठिमीवासीको स्वास्थ्य उपचार सेवामा उल्लेखनीय योगदान गरि नेपालमै पहिलोपटक स्वास्थय वीमा अभियान शुरु गरेका र सो अस्पताललाई मुलुककै एकमात्र छारेरोग अस्पतालको रुपमा विकास गर्न लागिपरेका कार्यकारी निर्देशक डा.रौशन लागि परेका थिए ।