नेपाल पत्रकार महासंघ भक्तपुरको २२औं स्थापन दिवस सम्पन्न

270

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज २२ औं स्थापना दिवस मनाएको छ ।
शाखाले २२ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि केक काटेर मनाएको हो ।
कार्यक्रममा वोल्दै भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीले महांसघ जिल्ला शाखा भक्तपुरलाई २२ बर्ष सम्मल्याई पुर्याउन योगदान गर्ने संस्थापक, अग्रजतथा समकालिन सवैलाई धन्यवाद व्यक्तगर्नुभयो ।
उहाँले २२ औ स्थापना दिवसको अवसरमा सवैलाई शुभकामना व्यक्तगर्दै भक्तपुरमा क्रियाशिल पत्रकारको हकहितमा आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
भक्तपुरमा मर्यादित पत्रकारीता, पत्रकारी क्षेत्रको विकास र पत्रकार महासंघलाई समुदायको हितसँग जोड्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रत्रकार महासंघ उपत्यका प्रदेश शाखाका अध्यक्ष नारायण कुमार दाहाल, उपत्यका प्रदेशका महासचिव श्रृजन झा, सचिव अमर भुजु, भक्तपुर शाखाका संस्थापन अध्यक्ष रमेश खड्का र पुर्व अध्यक्ष विकल श्रेष्ठको उपस्थिती रहेको थियो ।