भीमदत्तनगर : नेपाल भारत सिमा बन्द हुँदै छ ।
भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलवार रातिबाट बन्द भएकाे छ । चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द हुने इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायव निरीक्षक पदम बुढामगरले जानकारी दिए।
साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो। भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो।
निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमा नाका २६ चैतको राति १० बजेदेखि २८ गते बेलुका ८ बजेसम्म बन्द हुनेछन्। सीमा नाका बन्दसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। बिरामी, एम्बुलेन्सलगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर समस्या समाधान गरिने प्रहरीले जनाएको छ।







































