नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको १६ औं उपशाखा सभा तथा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

295

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको १६ औं उपशाखा सभा तथा रक्तदाता सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल क्षेत्रबाट यो एकवर्षमा रक्तदान गर्नुहुने रक्तदाताहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शाखा सभापति मनोजकुमार थापाले विपद्का समयमा समुदायमा पहिले पुग्ने संस्था रेडक्रस हो भन्ने समुदायको बुझाई रहेकोले रेडक्रसकर्मी त्यो विश्वास सधैं कायम राख्न प्रयत्नशिल रहनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी निकाय भएकोले स्थानीय तहहरुसँग मिलेर विपद् पूर्वतयारी तथा प्रतिकार्यका योजना बनाउन समन्वय गरिरहेको सभापति थापाले बताउनुभयो ।

निःशुल्क स्वास्थ शिविर, प्राथमिक उपचार सेवा तथा तालिम, विपद् सम्बन्धी अभिमुखिकरणजस्ता गतिविधि सुडाल उपशाखाले गरेकोमा खुशी व्यक्तगर्नुहुदै जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले फेसबुक खातामार्फत आफ्ना सेवा मुलक गतिविधि र जानकारीहरु प्रस्तुत गर्ने कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सुडाल उपशाखाका उपसभापति गणेशप्रसाद दुलालले मानवीय सेवाको कार्यमा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा सक्रिय रहदै आएकोमा सरोकारवाला व्यक्ति तथा संस्थाको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

१६ औं उपशाखासभाले सचिव विक्रम थापा एवं कोषाध्यक्ष बलराम तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रगति तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

यो वर्षभरीमा ९ पटक उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको र जसमा २१६ जनाले रक्तदान गर्नुभएको उपशाखा सभापति विदुर नेपालले बताउनुभयो । तीमध्ये ३५ जनाले ३ पटक रक्तदान गर्नुभएको थियो । रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाई सम्मान पत्रका साथ खादा ओढाएर जिल्ला सभापति मनोज कुमार थापाले सम्मान गर्नुभएको थियो ।

Image may contain: 9 people, including Jaya Nepal, people sitting and indoor