नेपाल र बंगलादेशबीच दोहोरो कर नलाग्ने सम्झौता, व्यापार विस्तारमा सहयोग पुग्ने

202

काठमाडौं : नेपाल र बंगलादेशका नागरिकले एक देशका नागरिकले अर्को देशमा आर्जन गरेको सम्पत्तिमा एक देशमा मात्रै कर तिरे पुग्ने भएको छ। मंगलबार नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएसँगै दुई देशका नागरिकलाई यस्तो सुविधा पाएका हुन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले गरेको सम्झौतामा अनुसार व्यापार व्यव्यसाय तथा रोजगारीको लागि  एक देशको नागरिकले अर्को दशेमा बसेर आर्जन गरेको सम्पत्तिमाथि सोही देशमा मात्रै कर तिर्दा हुनेछ।  दुबै देशको मन्त्रिपरिषद्‍ निर्णयअनुसार गरिएको सम्झौताले आर्थिक तथा व्यापारिक सम्झौता विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ।

बंगलादेशले यस्तो सम्झौता नेपालसँगै ३६ वटा देशमा गरेको छ भने नेपालले बंगलादेशसँगै ११ वटा देशमा गरेको छ।  नेपालले भारत, चीन,  कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्टि्रया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ।

बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले एउटा देशमा मात्रै कर लगाउँदा लगानीकर्ता र व्यवसायीलाई लगानीका लागि उचित वातावरण बन्ने बताए। उनले दोहोरो कर उनमुक्ति सम्झौताले व्यापारिक सम्वन्ध विस्तार हुने बताए। साथै नेपाल र बंगालादेश बीचको व्यापारमा भारत जोडिने भएको भन्दै भारतँग पनि सम्वन्वयन गरेर अघि बढ्नु पर्ने बताए। 

राजश्‍व सचिव लालशंकर घिमिरेले सम्झौताले बंगलादेशको लगानीको लागि थप सहज वातवरण बनाएको बताए।

Source link