नेपाल सर्भेयर्स एसोसिएसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

954

 

काठमाडौं । नेपाल सर्भेयर्स एसोसिएसनद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
संघीय ब्यबस्था सुरु भए पश्चात् संघीय मन्त्रालय स्तरीय कर्मचारी एबं स्थानीयहरुको उपचारका लागि नापी बिभाग मिनभबनमा बैशाख ८ गते कृषि , भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको शसक्त पेशागत संस्था नेपाल नेपाल सर्भेयर्स एसोसिएसन केन्द्रिय कार्यसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो ।
शिबिरमा कर्मचारी र स्थानीय गरि ११५ जनाले सेवा प्रप्त गरेका थिए । जस मध्ये ४१ महिला र ७४ जना पुरुष रहेका थिए ।
उक्त शिबिरको उदघाटन गर्दै प्रमुख अतिथी कृषि , भुमी ब्यबस्था तथा सहकारी मन्त्रालयका सचिब गोपिनाथ मैनालीले आफ्नो स्वास्थ्य आफैले ख्याल गर्नु पर्ने र सबैले महिनामा एक पटक स्वास्थ्य परिक्षण गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा एसोसिएसनका पुर्ब अध्यक्ष एबं नेपाल सरकारका सचिब मधुसुदन अधिकारीले चिकित्सकको सल्लाह मानेर आफ्नो जीवनशैली परिवर्तन गर्न अनुरोध गर्दै आफुलाई संस्थाले सम्झेकोमा खुशी ब्यक्त गर्नुभयो ।


मधुमेह , थाइराइड र मुटु रोग बाट वच्न के उपाय अबलम्बन गर्ने भन्ने विषयमा डक्टर अर्लाक देवकोटाले उपचारमा आउनेहरुलाई कक्षा लिनु भएको थियो ।
कार्यक्रममा मन्त्रालय अन्तर्गतका बिभागिय प्रमुख , सहसचिब , उपत्यका स्थित कार्यालय प्रमुख र कर्मचारी पेशाकर्मीहरुको सहभागिता थियो ।
निशुल्क स्वास्थ्य शिबिर थाइराइड क्लिनिक नयाँ बानेस्वरको प्राबिधिक सहयोगमा गरिएको कुरा एसोसिएसनका सचिब दुर्गाप्रसाद फुयालले जानकारी दिनुभयो ।
शिबिरमा बरिस्ठ चिकित्सक डाक्टर अर्लाक देबकोटा रजौरिया लगायत ८ जनाको चिकित्सक टोलि रहेको र ब्यबस्थापकिय जिम्मा क्लिनिकका बिजय फुलेल(खनाल)ले गर्नु भएको थियो ।
शिबिरमा मधुमेह , थाइराइड , मुटु सम्बन्धी प्रेसर , आदिको परिक्षण गरिएको कुरा राष्ट्रिय सतर्कता केन्द्र्की कर्मचारी गोमा घिमिरेले जानकारी दिनुभयो ।
स्थानीय बिरामीहरुले नापी बिभागको प्राङ्ग्णमा भएको शिबिरले आफुहरु लाभान्वित भएको बताउदै यस्तो शिबिर अरु बिषयगत पनि संचालन गरेमा कर्मचारीले आफ्नो मात्रै नभै आम जनताको हित पनि चाहेको भन्ने बुझिने भन्दै प्रशंसा गरेका थिए ।
शिबिरमा सहभागीलाई एक हप्ता सम्म क्लिनिकले अन्य शिबिर बाहिर हुने उपचारका लागि समेत सहयोग गर्ने र एसोसिएसनको सिफारिसमा आएमा थप छुट दिईने पनि जानकारी क्लिनिक ब्यबस्थापक बिजय फुलेल(खनाल)ले जानकारी दिनु भयो ।
नेपाल सर्भेयर्स एसोसिएसनले आगामी दिनमा प्रदेश पिच्छे एक एक शिबिर गर्ने लक्ष्य लिएको कुरा एसोसिएसनका सचिब दुर्गाप्रसाद फुयालले जानकारी दिनु भयो ।