काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् ।
मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले ट्वीटमा लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु ।’
प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समवेदनासमेत व्यक्त गरेका छन् । ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ प्रधानमन्त्रीले ट्वीटमा उल्लेख गरेका छन् ।
संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
https://x.com/cmprachanda/status/1701387208081739857?s=20








































