काठमाडौं ।
पत्रकार तथा गीतकार बलराम प्यासीद्धारा रचित वालगीत‘वावामलाई खेलौना होइन राम्रो शिक्षा दिनुस,ममी मलाई पैसा होइन असल संस्कार दिनुस’को म्युजिक भिडियो तयार भएको छ ।
छायांकन र सम्पादनको काम सकिए लगत्तै यसै हप्ता देखि युट्युबका साथै विभिन्न टेलिभिजनका वाल कार्यक्रममा सो गीत हेर्न र सुन्न पाइँने छ ।
प्रतिविम्व कला केन्द्र नेपालटार बालाजुको प्रस्तुतिमा तयार भएको सो म्युजिक भिडियोको निर्देशन सो कला केन्द्रका निर्देशक केसांग लामा र रोमा लामाले गरेका थिए ।
सो वालगीत २०७२ सालको राष्ट्रिय वालदिवसको अवसरमा रेडियो नेपाल र नेपाल वाल संगठनको संयुक्त आयोजनामा आयोजित राष्ट्रव्यापी वाल गीत प्रतियोगितामा गायनतर्फ उत्कृष्ट भएको थियो भने शव्दतर्फ प्रशंसा पाएको थियो ।
संगीतकार गोपाल अधिकारीद्धारा संगितवद्ध तथा वालगायीका समृद्धि परियारद्धारा गाइएको गीतको छायांकन वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेतको नेपालटार स्थित निवास र नेशनल मोडेल इंगलिस स्कुल नेपालटार विद्यालयमा छायांकन गरिएको थियो ।
वरिष्ठ कलाकार बस्नेत, गीतकार प्यासी, संगीतकार अधिकारी, गायीका परियारको साथै काजल केवि तथा वालकलाकारहरु जोनिश अधिकारी, प्रियंका र करिना पौडेललेसो म्युजिक भिडियोमा मौन भूमिका निभाएका छन ।
८ वर्षकी गायीका समृद्धि परियारले गाएको सो वालगीत मुलुकभरका ३६ प्रतियोगिलाई उछिनेर पहिलो भएको सो गीतले नगद १५ हजार, ट्रफि र प्रमाणपत्र जितेको थियो ।