पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव भुजुलाई पितृशोक

102

 

भक्तपुर । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव एवं दबाब साप्ताहिकका प्रकाशक तथा सम्पादक अमर भुजुलाई पितृशोक परेको छ ।

उनका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रबार दिउँसो ख्वप अस्पताल च्याम्हासिंहमा निधन भएको हो ।

स्व. भुजु शुक्रबार बिहान अचानक घरमा लडेका र उनलाई तत्काल उपचारका लागि ख्वप अस्पतालमा लगिएको परिवारजनले जनाएको छ । उनको उपचारकै क्रममा निधन भएको हो ।

उनको शुक्रबारै कटुञ्जेस्थित घाटमा अन्येष्टि गरिने पारिवारजनले जनाएको छ । स्व. भुजु विगत लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए ।

स्व. भुजुका दुई छोरा र एक छोरी छन् ।