परिवारका सदस्य नियन्त्रणमा लिएर भक्तपुरमा १४ लाख बराबरको डकैती

411

भक्तपुर , सिपाडोलमा मंगलबार राति एक घरबाट १४ लाख रुपैयाँ बराबरको डकैती भएको छ।

स्थानीय मनहरि बस्नेतको घरमा भाडामा बस्दै आएका काभ्रे ज्याम्दी गाँउपालिका ९ का रामबहादुर तामाङको कोठामा डाका समूह पसेर हतियार देखाई १४ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।

कुखुरापालन व्यवसाय गर्दै आएका तामाङको घरमा करिव ८ बजेतिर डाका समूह आएर ९ थान मोबाइल, १८ तोला सुन तथा पार्किङमा राखिएको मोटरसाइकल समेत लुटेको प्रहरीले जनाएको छ। डाका समूहले धारिलो हतियार देखाएर परिवारका सदस्यलाई नियन्त्रणमा हात खुट्टा बाँधेर लुटपाट गरेको प्रहरीको भनाई छ। लुटेरा समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

लुटपाट भएको सामान यस्तो रहेको छ

  • Samsung Mobile थान ५  अन्दाजी रु. २,४१,०००/-
  • I Phone Mobile थान १ अन्दाजी रु. ७५,०००/-
  • Oppo Mobile थान १ अन्दाजी रु. ३०,०००/-
  • Colors Mobile थान १ अन्दाजी रु. २,०००/-
  • Nokia Mobile थान २ अन्दाजी रु. ४,०००/-
  • सुनका गरगहना साढे अठार तोला अन्दाजी रू. १०,२२,०००/-
  • नगद रु. १,६३,०००/-
  • अन्त लत्ता कपडा रु. ११,५००/-
  • बा ८५ प ७८५० नं.को FZ मोटरसाईकल थान १