पर्वत । नेपाली कांग्रेसले पर्वत निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अर्जुन जोशीलाई उम्मेदवार बनाएको छ।
कांग्रेस संसदीय बोर्डले सोमबार बेलुकी धमाधम उम्मेदवार टुंगो लगाउने क्रममा जोशीलाई पर्वतबाट टिकट दिने निर्णय गरेको हो।
जोशी कांग्रेसका केन्द्रीय सदस्य हुन् र २५ वर्षभन्दा लामो समयदेखि विभिन्न निर्वाचनमा उम्मेदवार रहँदै आएका छन्। अघिल्लो निर्वाचनमा उनी नेकपा एमालेका पदम गिरीसँग पराजित भएका थिए।






































