पर्सा–१ देखि ४ मा कांग्रेसले चारै क्षेत्रका उम्मेदवार टुङ्गो

0

वीरगन्ज । नेपाली कांग्रेसले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुंग्टाका अनुसार केन्द्रीय समितिले सोमबार राति चारै क्षेत्रका उम्मेदवारको निर्णय गरेको हो।

उम्मेदवार सूची यसप्रकार छ :

  • क्षेत्र–१ : अनिल रुंग्टा

  • क्षेत्र–२ : अजयकुमार चौरसिया

  • क्षेत्र–३ : सुरेन्द्र चौधरी

  • क्षेत्र–४ : रमेश रिजाल

यसपटक पनि कांग्रेसले उम्मेदवार चयन गर्दा पुराना अनुहारलाई दोहोर्‍याएको छ। जसमध्ये चौरसिया र रिजाल अघिल्ला निर्वाचनमा निर्वाचित भइसकेका थिए भने रुंग्टा बाहेक अरू सबै उम्मेदवारले पहिला पनि टिकट पाएका थिए।