पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड एथ्लेटिक्सकी कान्छीमायालार्इ

578

पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड एथ्लेटिक्सकी कान्छीमाया कोजुले जितेकी छिन् । चार जना प्रतिस्पर्धीलाई पछि पार्दै कान्छीमायाले पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् ।

क्रिकेटका दिपेन्द्रसिंह ऐरी, फुटबलका सुजल श्रेष्ठ, जुडोकी फुपु ल्हामु खत्री र पौडीकी गौरिका सिंह यो विधाको मनोनयनमा परेका थिए ।
कान्छीमाया कोजुले गत बर्ष सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार, १० हजार मिटरमा स्वर्ण र ४ गुण ४ सय मिटर रिलेमा रजत पदक जितेकी थिइन् । हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

पिपुल्स च्वाइस अवार्डबाट सम्मानित भएकी कान्छीमाया कोजुले पल्सर मोटरसाइकल प्राप्त गरेकी छिन् ।
त्यस्तै, पारा एथलिट अवार्डबाट क्रिकेटका पदम बढेला सम्मानित भएका छन् भने बन्दी सहायता नियोग पामलाई स्पेशल अवार्डबाट सम्मान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको स्पोर्ट्स अवार्ड यो १४ औं संस्करण हो ।