भक्तपुर । पुरातात्विक महत्व भएको स्थान गोथली फाँटमा ईटा पार्न आउने भट्टालाई स्थानीयले भगाएपछि उक्त स्थानको अवलोकन गर्न पुरातत्व विभागबाट टोली आएको छ ।
केहि दिन अघि स्थानीय सुनगाभा युवा क्लवको आवहानमा गोथली फाँटमा ईटा पार्न आउनेहरुलाई रोक लगाईएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ अवस्थित गोथली फाँटमा पुरानो नगरको अवशेष फेला पर्ने गरेका छन् ।
केहि वर्ष अघि ईटा पार्ने क्रममा उक्त स्थानमा पुराना ईटाका टुक्रा ईनार धारा लगायत पर्खालहरु फेला परेका थिए ।
पुरातत्व विभागबाट पुरातत्व अधिकृत हरी भुसाल लगायतका टोलीलले गोथली फाँटको अवलोकन गरका थिए ।
करिव तीन फिट मुनी फेला पर्ने ईटाका टुक्रा लगायत अन्य सामग्रीले यस स्थानमा पहिला बस्ती थियो भन्ने प्रस्ट हुने बताउँदै उनले आगामी दिनमा यसको उत्खनन् गरेर यसको रहस्य बाहिर ल्याउनु पर्ने बताए ।
नजिकै रहेको पञ्चकन्या, बालकुमारी, ब्रम्हायणी,सरस्वती स्थान लगायतका मन्दिर, केहि नजिकै नेपालकै पहिलो चट्टान अभिलेख फेला पर्नुले पनि यस स्थानको महत्व रहेको जानकारहरु बताउँछन् ।
स्थानीयको विरोध पछि उक्त स्थानमा ईटा पार्न आएका हरुले खाल्डा पुरेका छन् ।







































