पुरातात्वीक सम्पदा संरक्षण गर्न सुडालमा ईटा उद्योगलाई रोक

770

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको गौथली चौरमा पुरातात्वीक सम्पदा संरक्षणका लागि ईटा उद्योगलाई रोक लगाईने भएको छ । गौथली चौरमा ईटा पार्न आएका ईटा उद्योगीलाई स्थानीयले फर्काउँदै उक्त स्थानको पुरातात्वीक सम्पदा संरक्षण गर्न ईटा पार्न नदिने भएका हुन् ।
शुक्रवार सुडालको सुनगाभा युवा क्लवको आयोजनामा भएको भेलाले गौथली चौरमा ईटा उद्योग राख्न नदिने भएको हो ।
पहिला भक्तपुर नगर रहेको स्थान भएका कारण पुरातात्वीक ईटा माटाका भाँडा ढुंगे धारा पर्खाल लगायतका संरचना फेला परेपछि केहि वर्ष पहिला अधि उक्त स्थानमा ईटा पार्न रोक लगाईयको थियो ।


पुरातात्वीक स्थान जहाँ पुरातात्वीक वस्तुहरु केहि फिटमा नै फेला पर्ने भएका कारण उक्त स्थानमा ईटा पर्ने युवाहरुले रोक लगाएको प्रति आफ्नो पनि समर्थन रहेको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष परासर सापकोटाले बताए । उनले यदी जहाँ पनि यसरी ईटा पार्न छुट दिने हो भने नगरपालिकाका ऐतिहाँसिक सम्पदा जुन जमिन मुनी रहेका छन् ती नस्ट हुने वताए ।
संस्कृतिविद् रञ्जन कुमार दुलालका अनुसार गौथली चौर भनेको पहिला हालको भक्तपुर रहेको स्थान भएको इतिहाँसमा फेला पर्दछ । यसैले यस स्थानमा केहि फिटमा नै पुरातात्वीक सामाग्रीहरु फेला पर्ने भएका कारण यहाँ ईटा पार्न माटो निकाल्न रोक लगाउनु पर्ने उनी बताउँछन् ।
सामरिक रुपमा पनि गौथली चौरको उत्खनन् गरी यहाँको गर्वमा भएको पुरातात्वीक स्थानको उजागर गर्नु पर्ने संस्कृति विद प्रोफेसर डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठले वताए ।
यस्तै भट्टा विरोधी कार्यक्रममा सुनगाभा युवा क्लवका पूर्व अध्यक्ष नारायण प्रसाद दुलालले पुरातात्वीक स्थलको संरक्षणका लागि पनि माटोको दोहन रोक्नु पर्ने वताए । उनका अनुसार गौथली चौरमा फेला पर्ने पुरातात्वीक सम्पदाको संरक्षणका लागि पनि ईटा पार्न रोक लगाउन लागिएको जनाएका छन् ।
गौथली चौरको पुरातात्वीक सम्पदा संरक्षणको अगुवाई सुनगाभा युवा क्लवका अध्यक्ष लक्ष्मण दुलालले गर्दै आएका छन् ।

श्री पञ्चकन्या माध्यमिक विद्यालयको छेउमा नै ईटा पार्न आएपछि विद्यालयले पनि यसको विरोध गरेको थियो । विद्यार्थीहरुमा ईटा पार्न आउने हरुले विद्यार्थीमा विभिन्न हिंसा हुने तथा विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने गाउँका चेली असुरक्षीत हुने भएका कारण पनि उक्त स्थानमा ईटा पर्न रोक लगाउनु पर्ने विद्यालयले जनाउँदै आएको थियो ।
विद्यालय क्षेत्र नजिकै ईटा उद्योग संञ्चालन गर्न नपाउने नियममा नै भएका कारण पनि यसको विरोध आफूहरुले गरेको क्लवका सह सचिव हरेराम दुलालले बताए ।