काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाइ लुटपाट गर्दै गरेको अवस्थामा तीन जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कङ्लकी बस्ने धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी र काठमाडौँ चाबहिल बस्ने काभ्रेका अञ्जन उप्रेती छन् ।
श्रेष्ठको घरमा अपरिचित व्यक्ति प्रवेश गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले चाइनिज पेस्तोल एक थान, गोली एक राउण्ड, खुकुरी एक थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।







































