Home समाचार प्रचण्डकी तेस्रो बुहारी बिना घरेलु हिंसाबाट पिडित, प्रकाशको कुटपिटले अस्पताल भर्ना भएको...
काठमाडौं । प्रचण्ड परिवारमा तेस्री बुहारीका रुपमा भित्रिएकी बिना मगर पनि घरभित्रै यातनाको शिकार भएकी छिन् । प्रचण्डपुत्र प्रकाश दाहालसँग उनको सम्बन्ध बिग्रदै गएको छ ।
घरभित्रै भएको एक झगडामा दुई साताअघि उनी अस्पताल नै भर्ना हुनुपरेको छ । स्रोतका अनुसार उनको अनुहारमा ठुलो चोट लागेको छ । नर्भिक अस्पतालमा केही दिन भर्ना नै भएर उनको उपचार गरिएको थियो । जुन घटना निकै गोप्य राखिएको छ । स्रोतका अनुसार घरभित्रै आपसी झगडा हुँदा बिनामाथि कुटपिट भएको हो ।
प्रकाशको अत्याधिक मदिरा पिउने बानी अझै छुटेको छैन । जसबाट बिना पीडित हुँदै आएकी छिन् । प्रकाशकै व्यवहारका कारण उनका अघिल्ला दुई विवाह असफल भएका थिए ।
प्रकाशले दोस्री श्रीमती सिर्जनासँग त सम्बन्ध बिच्छेद समेत गरेका छैनन् । प्रकाश लाजिम्पाटको आलिसान बंगलामा बसिरहँदा उनकी पत्नी सिर्जना छोरालाई समेत राम्रोसँग पढाउन नसक्ने अवस्थामा संघर्ष गर्दै आएकी छिन् । दृस्टन्युज डटकममा खबर छ |
Related