चितवन । बागमती प्रदेश सरकारका अधुरा पर्यटन आयोजनाहरूमा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चासो दिनु भएको छ । विगत लामो समय देखि आधा मात्र निर्माण भई अलपत्र रहेको चितवनको मेघौली स्थित गैँडा पार्कको अवलोकन गर्दै उहाँले आफू मातहतको मन्त्रालयको अपुरा योजना सम्पन्न गर्न लागि पर्ने बताउनुभयो ।
उहाँले मेघौलीको गैँडा पार्कको अवलोकन गर्दै यो निर्माणमा भएको त्रुटिको विषयमा पनि चासो दिनु भएको थियो । साबिकको उद्योग वन तथा पर्यटन मन्त्रालय हुँदा सुरु भएको उक्त परियोजना हाल सम्म पनि सम्पन्न नहुँदा प्रदेश सरकारको नै साख गिरेको समेत बताउनुभयो ।
गैँडा पार्कको अवधारण राम्रो रहेको तर यसको सञ्चालन तथा निर्माण ढिलाइ हुँदा प्रदेश सरकारलाई ठुलो आर्थिक क्षति भएको समेत उहाँले बताउनुभयो ।
यस्तै उहाँले चितवन राष्ट्रिय निकुञ्जको नयाँ पर्यटकीय मार्गको पनि अवलोकन गर्नु भएको थियो । निकुञ्ज भित्र नयाँ पदमार्ग तथा सफारी मार्ग निर्माण हुँदा चितवनमा जनावर तथा प्राकृतिक शौन्दयतालाई जोगाउँदै आगामी कार्यक्रमहरू अगाडी बढाउनका निमित्त निकुञ्ज प्रशासनसँग समन्वय गरी कार्यक्रमहरू तय गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
अवलोकन कार्यक्रम चितवन जिल्लाका प्रदेश माननीय, होटेल तथा पर्यटन व्यवसायी, पर्यटन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








































