प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका सहमहामन्त्री सहित ५ प्रकाउ,तत्काल रिहा नगरे कांग्रेसले कडा आन्दोलन गर्ने चेतावनी

251

कपिलवस्तु ।  नेपाल विद्यार्थी संघ कपिलवस्तुले सरकार विरुद्ध नारावाजी सहित प्रधानमन्त्रीको पुत्ला दहन गर्दा केन्द्रीय सहमहामन्त्री प्रकाश घिमिरे सहित ५ जना जिल्ला नेताहरुलाई प्रहरीले प्रकाउ गरेको छ ।

वर्तमान सरकारले माफियाको आदेशमा चिकित्सा ऐन पारिता गरेको  डा. गोविन्द केसीको मागलाई लत्याई जिवन रक्षा गर्नको लागि कुनै पहल नगरेको ,निर्मला हत्या काण्डको छानविन नगरेको जस्ता माग राखि प्रर्दशन उत्रिका नेविसंघका नेतालाई प्रहरीले प्रकाउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडी प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीको पुत्ला दहन गर्दै गर्दा उनिहरुलाई प्रकाउ गरिएको  हो । प्रकाउ पर्नेमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रकाश घिमिरे, नेपाली कांग्रेसका जिल्ला सदस्य परमेश्वर पाठक, नेविसंघ जिल्ला सभापति राकेश पाण्डेय, सचिव राजु खराल र तरुण दलका क्षेत्रिय सभापति राजेश कुमार उपाध्याय रहेकका छन् ।

यसै विच नेपाली कांग्रेस पार्टी सभापति सुरेन्द्रराज आर्चायले विद्यार्थीहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीको धरपकट हुनु अत्यन्त निन्दनिय कार्य भएको वताएका छन् । प्रकाउ परेका कार्यकर्ताको अविलम्व रिहाइ नगरे नेपाली कांग्रेस कडा आन्दोलनमा उत्रने सभापति आर्चायले बताएका छन् ।

लोकतन्त्रमा शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार हुंदा हुंदै प्रहरी प्रशासन र सरकारले दमन गर्नु लोकतन्त्र विरुद्धको कार्य भएको हुंदा कांग्रेस र जनता चुप लागरे नवस्ने उनले बताए ।