प्रहरको चौंथो एकल गजल साँझ आज

665

भक्तपुर । युवा गजलकार एवं त्रिपुरा न्यूज साप्ताहिकका प्रधान सम्पादक विकास थापा प्रहरको चौंथो एकल गजल साँझ आज आयोजना हुँदै छ ।
त्रिपुरा न्यूज साप्ताहिकको पाँचौं वार्षिकोत्सवको अवसरमा गजलकार प्रहरको एकल गजल साँझ आयोजना गर्न लागिएको हो ।
विगत तीन वर्षदेखि लगातार रुपमा गजल साँझ गर्दै विभिन्न असहाय ब्यक्ति,तथा सञ्चारकर्मीहरुको स्वास्थ्य उपचारका लागि नियमित गतिविधि गर्दै आउनु भएको उहाँको कार्यक्रममा युवा गायक एवं संगीतकार राजसागरले साथ दिदै आउनुभएको छ । आजको साँझमा पनि गायक तथा संगीतकार राजसागरको विशेष प्रस्तुति रहने छ ।
भक्तपुर तथा काभ्रेको सिमाना साँगाको पद्मज्योति होटल एण्ड फेमिली रिसोर्टमा हुने उक्त साँझअन्तर्गत गजलकार प्रहरले पछिल्लो समयमा लेखेका समसामयिक गजल बाचन गरिने छन् । उनको पहिलो एकल गजल साँझ २०६९ मा भएको थियो ।