भक्तपुर ।
दुवाकोटमा आयोजित समूदाय(प्रहरी साझेदारी सार्बजनिक सुनुवाई कार्यक्रममा चाँगुनारायण नगरपालिकाकी कार्यबाहक मेयर समेत रहेकी उप मेयर बीना बास्तोलाले जन प्रतिनीधिहरूले भनेको प्रहरीले मान्ने नगरेको,दुई सय, पाँचसय सेटिङ मिलाएर माटो तथा बालुवाको ट्रक छोड्ने गरेको,आफ्नै घर अगाडिबाट चोरीका माटो बालुवाका ट्रकहरू जाँदा पनि टुलुलटुलु हेरेर बस्न बाध्य भएको, फूलबारी बलात्कार केस भर्खरै थाहा पाएको र उक्त केसमा कार्बाहि नगरी प्रहरीले अपराधीलाई त्यतिकै छाडिदिएको भन्ने आरोप लगाएपछि भक्तपुर प्रहरी प्रमुख एस्पी हिमालय श्रेष्ठले आरोपको खण्डन गर्दै प्रमाण ल्याउनुस् साबित भए बर्दि उतारेर राजीनामा दिन्छु भन्दै जन प्रतिनीधिलाई नै हकारे।
उनले माटो बालुवा चोरीमा प्रहरीको भन्दा पनि जन प्रतिनीधिहरूकै सेटिङ रहने गरेको आरोप लगाउँदै आफू प्रमुख भएर आएपछि बालुवा चोरी ठप्प पार्दा जन प्रतिनिधीहरूको ओठ तालु सुकेको बताए।
कार्यक्रममा श्रेष्ठले भने, बालुवा माटो हेर्नेकाम प्रहरीको होइन जनताको शान्ति सुरक्षाको जिम्मा लिएको छ।
संविधानलेनै अधिकार दिएको नगरपालिकाले नगर प्रहरी गठन् गरोस् बाँकी सुरक्षा हामी दिन्छौ।
नगरपालीकालेनै बालुवा चोरी रोक्न परयो भनेर चिठ्ठि पठाए पछि मात्र ट्रक समाएर नगरपालिकामा बुझाउने गरेका छौं उनले भने । नगरपालिकाले भट्टालाई मात्र माटो दिएको छ, बालुवा माटो नीति बनाएर सबैलाई खुल्ला गर्दियोस् ,चोरी आफै नियन्त्रण हुन्छ। कार्यक्रममा श्रेष्ठले घुमाउरो पारामा जन प्रतिनिधीहरू बालुवा माटो चोरी सेटिङमा दोषी पाईए कार्वाहि गर्ने बताए।
उनेले छ सात महिना अघिको घटना उप मेयरले भर्खर थाहा पाएँ भन्नू हुन्छ अनि पाँच मिनेट प्रहरी ढिलो पुग्दा सहयोग गरेन भन्नू हुन्छ तर आफै अनुत्तरदायी भएको भन्दै जनता प्रति उत्तरदायी बन्न आग्रह गरे।
उनले फूलबारी बलात्कारमा दोषी नदेखिएकोले छाडिएको बताउँदै चाँगुको केसमा अझै थुनामा रहेको जानकारी दिए।
कार्यक्रकमा श्रेष्ठले म प्रमुख हुनु भन्दा पहिले के भयो र पछि के हुन्छ भन्दा पनि मेरो कार्यकालमा यस्तो भयो भनेर अौल्याइदिन आग्रह गरे।
उनेले ठूलो परिमाणमा चोरीको सामान सहित चोरको गिरोह पक्राउ गरिएको आफ्नो कार्यकालको उपलब्धि भएको बताए। उनले नेता हुँ भनेर पावर लगाएर वा पैसा दिएर झै झगडा केस मिलाउन आएमा थुनुवा लाई म्याद थप्दिने गरेको बताउँदै आफ्नो कार्यकालमा जनताको शान्ति सुरक्षा नै प्राथमिकता दिएको बताए।
कार्यक्रममा वडा अध्यक्षहरू राजेश खड्का र शिबहरि केसीले प्रहरीहरूलाई सक्दो सहयोग गरिरहेको बताउँदै जनताको शान्ति सुरक्षा र वडाको बिकासका कार्यमा जनप्रतिनीधिहरूलाई प्रहरीले साथ दिनुपर्ने बताए। कार्यक्रममा विभिन्न संघ संस्थाका अगुवाहरूले चोरी नियन्त्रण,जुवा तास,लागू अौषध र मदिरा नियन्त्रणमा प्रहरीसँग मिलेर शान्त र स्वस्थ समाज निर्माणमा लागि पर्ने बताएका थिए।
Related