फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरको कति ?

295

काठमाडौं– केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा पुन मूल्यबृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाए पछि पेट्रोल प्रति लिटर १ सय १ तथा मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ पुगेको छ ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मूल्यबृद्धि गर्दा पनि निगम मासि २३ करोड घाटामा हुने उनको भनाइ छ ।

निगमले यसअघि केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।