बडिगाडमा जेसिवीको ठक्करले बालकको मृत्यु

39

बागलुङ/ बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ बडिगाड गाउँपालिका–७ को भत्रेनीदेखी सोइरेनीसम्मको कच्चि सडक निर्माणका लागि जेसिवी त्यहाँ पुगेको थियो ।

सडक खन्नेक्रममा जेसिवीले ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

जेसिवीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनको बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।