बधाई तथा शुभकामना कार्यक्रम

497

भक्तपुर÷ आदर्श माध्यमिक विद्यालय लाय्कू, थिमिमा हालै प्रधानाध्यापकको जिम्मेवारी पाएका बुद्धिकुमार घोलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका शिक्षक परिवारद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमि, वडा नं. ४ का अध्यक्ष कुमार श्रेष्ठ लगायत विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरु, समाजसेवी कृष्णलाल गोजा, विद्यालयको स्थापनाकाल देखि कार्यरत पूर्व शिक्षक श्यामकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको सो बधाई तथा शुभकामना कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक बुद्धिकुमार घोले स्थानिय विद्यार्थी नै विद्यालयको मेरुदण्ड भएकाले उनीहरुको आकर्षणका लागि आगामी वर्ष कक्षा ६ देखि अंग्रेजी माध्यमबाट पठनपाठन गरिने तथा आफ्नो छोरा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठको छोरालाई यस विद्यालयको कक्षा ६ मा भर्ना गर्ने घोषणा गर्नु भयो । यस वर्ष कक्षा ११ मा विद्यार्थी भर्ना आप्mनो लक्ष्य २०० भन्दा बढि भईसकेकाले यस विद्यालयले गुणस्तरिय शिक्षा दिने कुरामा प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय श्रेष्ठले नयाँ समय र परिवेशमा नयाँ ढङ्गबाट शिक्षा दिई स्थानिय विद्यार्थीलाई यस विद्यालयमा भर्ना गर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनु भयो । ४ नं. वडा अध्यक्ष कुमार श्रेष्ठले नवनियुक्त प्रधानाध्यापक बुद्धिकुमार घोलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै स्थानीय जनताको सहयोगमा मात्र विद्यालयको विकास हुने हुँदा यस विद्यालयको विकासको लागि आफूले सहयोग गर्ने कुरा बताउनु भयो । पूर्व शिक्षक श्यामकृष्ण श्रेष्ठले स्थानीय व्यक्तिहरुको कठोर प्रयासबाट यस विद्यालयको स्थापना गर्न सफल भएको स्मरण गर्नु हुँदै सक्षम नेतृत्व र सबैको सहयोग भएमात्र विद्यालयको विकास हुने कुरा बताउनु भयो । शिक्षक हरिवहादुर श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै बुद्धिकुमार घोलाई यस स्थानसम्म पु¥याउन विद्यालयका धेरै शुभचिन्तकहरुको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग भएको हुँदा उहाँहरुको योगदान प्रति धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयका शिक्षक शुवर्णकेशरी श्रेष्ठ, जमुना कुँवर लगायत विद्यालयका सम्पूर्ण शिक्षकशिक्षिकाहरुले बधाई तथा शुभकामना व्यक्त गर्दै नेवारी परम्परा अनुसार सगुन, टिका, फुलमाला, खाडा ओदाएका थिए ।