बल्ल पक्का भो ओली प्रधानमन्त्री बन्ने, कुन कुन दल सरकारमा ?

259

काठमाडौं । बाहिरी रुपमा प्रधानमन्त्री बन्ने देखिए पनि आन्तरिक रुपमा भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बल्ल बिहिबार मात्र पक्का भएको छ ।

नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा ओलीले दक्षिणबाट बलियो ग्रिन सिग्नल खोजेका थिए ।

त्यो सिग्नल प्राप्त भएपछि ओली कम्पनी ढुक्क भएको छ । ओलीले आफ्ना एजेन्ट यसअघि भारत पठाएका थिए ।

त्यसबाट ओलीलाई पूर्ण रुपले समर्थन गर्न भारत तयार भएको छ । ओली पनि यसअघि बैंकक गएका थिए ।

ओलीले तत्काल सरकार चलाउन नभइ पाँच वर्षका लागि कम्युनिष्ट सरकार चलाउनका लागि समर्थन जुटाएका हुन् ।

समर्थन पाएसंगै ओलीले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जथाभावी निर्णय गरे सबै आफ्नो सरकारले उल्टाइदिने बताए ।

भारतबाट समर्थन भएकैले नेपालका लागि भारतीय राजदूत मंजीब सिंह पुरीले बिहिबार राजधानीमा अबको सरकारलाई पूर्ण सहयोग गर्ने बचन दिए ।

ओलीले बिहिबार हतार हतार गरेर पत्रकार सम्मेलन गर्नुपर्ने कुनै आवश्यकता थिएन ।

दक्षिणको चाहना अनुसार नै पत्रकार सम्मेलन गरी समग्र जनतालाई सन्देश दिइएको हो ।

एमालेले पत्रकार सम्मेलन गरेर दिएको जानकारी बुधबार सरकारले वृद्धभत्ता दिने उमेर घटाएको बाहेक अरु पुरानै भनेका चिज हुन् ।

एमाले सरकारले ०५१ सालमा सुरु गरेको वृद्ध भत्ताको चलनमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको हो । उसलाई काँग्रेस सरकारले त्यो प्रसिद्धिबाट आफूले फाइदा लिने चिन्ता ओलीलाई लागेको हो ।

जे होस् अब ढुक्कसंग ओली प्रधानमन्त्री हुने भएका छन् ।
यद्यपि सरकार भने कम्युनिष्टको मात्र नबन्ने भएको छ । चीनको चाहना र भारतको चाहनामा केही समानता देखिएपछि सरकारमा अरु दल पनि समावेश हुने भएका हुन् ।

को को समेटिन्छन् ओली नेतृत्वको सरकारमा ? 
केपी ओली नेतृत्वको सरकारमा मधेश केन्द्रीत दुई दलहरु समेटिँदै छन् । बाम गठबन्धनका एमाले र माओवादी केन्द्रसंगै भारतको चाहनाका संघीय समाजवादी फोरम र राजपा नेपाल सरकारमा जानेछन् ।

दुवै पार्टीका केही नेताले यसको छनक दिइसकेका छन् । भारत पनि त्यही चाहन्थ्यो । त्यही नै हुँदैछ ।

भारतको चाहनाको राजसंस्था र हिन्दूराज्यको मुद्दामा पनि सहमति नजिक पुगेको जनाइन्छ ।

यो प्रसंग ओलीले चाहेर मात्र नहुने भएकाले प्रयास गरेर केही समयपछि समाधान गर्नेमा आश्वस्त बनाएको उच्च स्रोतले बताएको छ ।

स्रोत भन्छ ‘यसका लागि छिट्टै पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदैछन् ।’

नेपाली कांग्रेस भने यसबाट निकै टाढा छ । काँग्रेसलाई भारतले अहिले वास्ता पनि गरेको छैन ।

स्रोत भन्छ, ‘बिमलेन्द्र निधिले सम्बन्ध केही बिगारेकाले त्यसलाई मिलाउन केही समय लाग्नेछ ।’

हुनत काँग्रेसस चुनावमा नराम्रोसंग पराजित भएपछि भारतले खासै इच्छा पनि देखाएको छैन ।

स्रोतका अनुहार एमाले र माओवादी केन्द्रबीचको एकता भने सरकार निर्माण भन्दा अगाडि नहुने भएको छ ।