बागेहिटीबाट पशुपति सम्म कलश यात्रा सम्पन्न

20
eQmk'/, % ;fpg M rfFu'gf/fo0f gu/kflnsf–& jfu]Zj/Ll:yt afu]lx6L b]jL kl/;/df /x]sf] lqnf]s]Zj/ dxfb]j dlGb/df cfhaf6 ;'? ePsf] Ps dlxg] ;fpg] dxf]T;jsf] cj;/df jfu]lx6Laf6 snz ofqf ul/ hn nu]/ kz'kl5 dlGb/df r9fP/ kz'kl dlGb/af6 lqnf]s]Zj/ dxfb]jdf r9fpg ul/Psf] snz ofqfdf ;xeflu :yfgLo . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर – चाँगुनारायण नगरपालिका–७ स्थित बागेहिटी देवी मन्दिर परिसरको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सोमबार सञ्चालन भएको कलश यात्रा साँझ सम्पन्न भएको छ।

श्रावण महिनाको पहिलो सोमबारको अवसर पारेर सुरु गरिएको एक महिनाको साउने मेला अन्तर्गत बागेहिटी संरक्षण समितिद्वारा आयोजित कलश यात्रा सयौं भक्तजनको सहभागितामा सम्पन्न भएको हो। भक्तजनहरूले त्रिलोकेश्वर महादेव मन्दिरबाट कलशमा जल बोकेर पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी पूजा गरेका थिए। पशुपतिनाथ मन्दिरबाट पुनः जल भरेर फर्किएको कलश यात्रा मन्दिरमै जलार्पणसहित सम्पन्न भएको आयोजक समितिका प्रचार संयोजक रमेश अधिकारीले जानकारी दिनुभयो।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा सुरु गरिएको श्रावणी महोत्सव अन्तर्गत साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र त्यसपछिको साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञ आयोजना हुने जनाइएको छ। उक्त महायज्ञमा विदुषी वाचिका यशोधा देवीले कथा प्रवचन गर्नेछिन्।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–३ स्थित ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा सयौं महिला भक्तजनले मनोहरा खोलाको जल कलशमा भरेर जलार्पण गर्दै मेलामा सहभागिता जनाएका छन्।

श्रावणी सोमबारको विशेष अवसरमा भक्तपुरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा हजारौंको भीड लागेको छ। भक्तजनको सहजताका लागि जगाती–डोलेश्वर मार्गका दुईवटा सडक एकतर्फी बनाईएको मन्दिर व्यवस्थापन समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो।

सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि सोमबार दिनभर दर्शनार्थीको घुइँचो लागेको छ। मनको इच्छा पूरा हुने विश्वाससहित आउने भक्तजनले बिहानदेखि नै लाममा बसेर पूजाआजा गरेका छन्।

त्यस्तै, नन्दीकेश्वर महादेव (नङ्खेल), गुप्तेश्वर (सिरुटार), सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वरकैलाशनाथ महादेव मन्दिरमा पनि दिनभर भक्तजनको भीड देखिएको छ।

भक्तपुर नगरपालिका स्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा पनि ब्रह्मा, विष्णु र महेश्वरको त्रिमूर्ति स्वरूप मानिने महादेवको दर्शनका लागि ठूलो भीड लागेको छ। मन्दिर व्यवस्थापनले दर्शनलाई सहज बनाउन स्वयंसेवक परिचालन गर्नुका साथै लाइन व्यवस्थापनका लागि टोकन प्रणाली लागू गरेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर, र काभ्रेपलाञ्चोकबाट आएका श्रद्धालुहरूको आगमनले भक्तपुर क्षेत्रका सबै महादेव मन्दिरहरू श्रावणको पुण्य सोमबारमा भक्तिभावले भरिएका छन्।