काठमाडौं । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । अहिलेसम्म ८ जना बेपत्ता भएका छन् ।
त्यसैगरी १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार बिहान १० बजेसम्ममा देशभर गरी ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार सुनसरीमा ८ जना, रौतहटमा ७ जना, मकवानपुरमा ६ जना, मोरङमा ५ जना, सिन्धुलीमा ४ जना, बाँकेमा ३ जना, सर्लाहीमा २ जना, झापामा ४ जना, सुर्खेतमा २ जना, दाङमा २ जना, बारामा १ जना, धनुषामा १ र पाल्पामा १ जनाको मृत्यु भएको छ ।