बाम गठबन्धनको बहुमत आएमा एक दलिय अधिनायकवाद आउने : राणा

798

भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपती शमशेर राणाले यदि मुलुकमा बाम गठबन्धनले बहुमत ल्याएका खण्डमा अधिनायकवादको उदय हुने वताउनुभएको छ । भक्तपुरमा अयोजित लोकतान्त्रिक गठबन्धन अन्र्तगतको युवा भेलालाई सम्वोधन गर्दै उहाँले मुलुक बम गठबन्धन अलोकतान्त्रिक गठबन्धन भएको बताउँदै उनीहरु आएमा एक दलिय अधिनायकवादको उदय हुने वताउनु भएको हो ।
उहाँले बामपन्थीहरुको चँगुलमा देशलाई बन्धक बन्न नदिनका लागि आम जनमासले सोच्ने बेला आएको बताउनुभयो ।
राणाले मुलुकमा २० /२२ बर्ष देखि स्थिर सरकार नभएका कारण नेपाल आजको अवस्थामा पुगेको वताउँदै उहाँले अव लोकतान्त्रिक गठबन्धनको बहुमत आएपछि ५ बर्ष भित्रमा मुलुकले उत्तर र दक्षिणले भन्दा बढि उन्नती गर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य राविन्द्र प्रताप शाहले स्थानिय निकायको निर्वाचनवाट नै बामपन्थीको खुट्टी देखिएको बताउँदै भक्तपुरमा फेरी पनि तिनै बामपन्थिहरुले जितेमा भ्रष्टाचारको मुहानै हुने वताउनुभयो । उहाँले भक्तपुरमा हाल सजिलो र सहज निर्वाचन नभएको वताउँदै सँस्थागत रुपमा भ्रष्टाचार गर्नेहरु लागी परेका कारण लोकतन्त्रवादीहरु सचेत हुने दिन आएको बताउनभुयो ।

राप्रपा पजातान्त्रिककै केन्द्रिय सदस्य राजेन्द्र केसीले हाल भएको लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिक राप्रपा लगाएतका प्रजातान्त्रिकहरु एउटै गोत्र एउटै जातका भएको वताउँदै यदि अवको दिनमा पनि चुनाव हारेमा पुर्ण रुपामा काँग्रेसले हार्ने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापती दुर्लभ थापाले प्रजातन्त्रको वलियो पक्ष भनेको नै प्रजातान्त्रिकहरु एक ठाउँमा उभिनु भएको वताउनुभयो । उहाँले अव आउन लागेको निर्वाचनमा बामपन्थीहरुको हार वाट नै लोकतन्त्रको जीत हुने उहाँले वताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्वर १ प्रतिनिधि सभा उम्मेदवार बावुराज जोशीले लोकतन्त्रवादीहरु एक भएको देखेर बामपन्थीहरुको सातो गएको बताउनुभयो । उहाँले भक्तपुर क्षेत्र नम्वर १ मा नेमकिपाको विरासत अव भत्कने समेत दावा गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा भक्तपुर क्षेत्र नम्वर १ प्रदेश १ का उम्मेदवार जिवन खत्रीले आफ्नो प्रदेशमा भएको संस्थागत भ्रष्टाचारलाई रोकथामका लागि केवल प्रजातान्त्रिक गठबन्धनले मात्र सँभव भएको बताउनुभयो । उहाँले युवाहरुलाई सम्वोधन गर्दै अवको युग भनेको युवा विना केहि नहुने वताउँदै अव चाँगु प्रदेश लगाएत भक्तपुरको विकासका लागि युवा नै एक हुनुको विकल्प नभएको वताउनुभयो । उहाँले अव युवाको जिम्मेवारी भनेको मतदातालाई मतदाता शिक्षा र प्रदेश एवं प्रतिनिधिसभाको विषयमा वुझाउने काम पनि भएको वताउनुभयो । उहाँले अव भक्तपुरका युवा एकतृत भएर अप्राकृतिक बामपन्थी गठबन्धनलाई भत्काउनु पर्ने मा जोड दिनुभयो । बामपन्थीहरु कुरामा चिप्ला भएको बताउँदै उहाँले युवाहरुमा रोजगारी दिने , ठेक्का मिलाईदिने , पैसा बाँड्दै , विभिन्न आश्वासन दिदै आएको बताउँदै यस प्रती युवा सजग हुनु पर्ने बताउनुभयो । यस्ता कुरा केवल भन्नका लागि मात्र भएको बताउँदै यी कुरामा फसाएर बामपन्थीहरुले विगतमा पनि मतदाता झुक्काएको बताउनुभयो ।

कार्यक्रमको सभापतीत्व गरि रहनु भएका लोकतान्त्रिक गठबन्धन अन्तर्गत युवा जिल्ला सँयोजक प्रकास लामिछानेले अव पनि हामी युवा एक हुन नसकेको खण्डमा मुर्ख बनाउनेहरुले फेरी पनि मुर्ख बनाएर आफ्नो खल्ती भर्ने काम गर्ने र युवालाई खाडी नै धकेलिन बाध्य बनाउने बताउनुभयो । उहाँले अव युवाको काम भनेको भक्तपुरका प्रत्यक बुथमा १०० युवा परिचालित भएर साम दाम ले झुक्काउने प्रति लड्नु पर्ने बताउनुभयो ।