बार निर्वाचन सम्पन्न १९ गतेबाट मतगणना

381

काठमाडौँ: कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए। आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ।

अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन्।

आज भएको निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ।

प्रमुख निर्वाचन अधिकृत खड्काका अनुसार सर्वोच्चमा भएको मतदान केन्द्रमा चार हजार ८४३ मत खसेको छ। उनका अनुसार सर्वोच्च वारमा ६४४, उच्चवारमा एक हजार ६८८, काठमाडौँमा एक हजार ५८० र ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत खसेका छन्। देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि यहि चैत १९ गतेबाट काठमाडाँैमा मतगणना हुने उहाँले जानकारी दिए। देशभर बारका १० हजार ३१३ मतदाता थिए।