बालकोटका नक्कली डिएसपी प्रहरी खोरमा

269
भक्तपुर । ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँड्ने एक जना प्रहरी खोरमा परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बालकोट घर भएका ३५ वर्षीय अनिल थापा रहेका छन् । थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, थापाले काठमाडौं कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नम्बर २०३ मा बस्दै आफूलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भन्दै आएका थिए ।
डिएसपीको परिचयपत्र समेत देखाएका उनलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट नक्कली परिचयपत्र समेत बरामद भएको छ । सोहि नक्कली कार्ड देखाएर थापाले अपराधिक गतिविधि गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।