बालाजु वितरण केन्द्रबाट सोमबार दिनभर विद्युत आपूर्ति बन्द हुने :: BIZMANDU

341


काठमाडौं। बालाजु वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने क्षेत्रमा सोमबार दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ। 

बालाजु वितरण केन्द्र अन्तर्गत बालाजु-धर्मस्थली फिडरमा पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु,बतासे डाँडा, धितालचोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर र छत्रदेउराली सम्म बिहान ८ बजेदेखि दिउँसो ३ बजे सम्म विद्युत आपूर्ति बन्द गरिने छ।

त्यसैगरि बालाजु-नागार्जुन फिडरमा एमटिसि पर्खाल, जनजागृती,रोटरी क्लव, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक,राधाकृष्ण हुँदै एकलटार सम्म पनि बिहान ८ बजेदेखि दिउँसो ३ बजे सम्म आवश्यक्ता अनुसार विद्युत कटौती गरिने छ।

बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारको काम भइरहेकोले विद्युत आपूर्ति बन्द गर्नुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
 




बालाजु वितरण केन्द्रबाट सोमबार दिनभर विद्युत आपूर्ति बन्द हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link