भक्तपुर । बालीमा लाग्ने सवै किसिमका किरा हानिकारक हुन्न् भन्दै चाँँगुनारायण नगरपालिका वडा नम्वर ८ मा शत्रुकिरा ब्यवस्थापन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्ता सम्म किसानलाई कसरी रोग किरावाट बाली जागोउने र ब्यवस्थापन गर्ने भन्ने विषयमा चलाएको तालिम आज एक कार्यक्रम विच सम्पन्न भएको छ ।
किसानले सानो सानो समस्या लाईकिरा मात्र लाग्दा पनि विभिन्न किसिमका विषदीहरु प्रयोग गर्दा स्वास्थ्य साथसाथै पैसाको पनि नास हुने गरेका कारण अवका दिनमा यस्ता किराहरुवाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै तालिम केन्द्रित रहेको प्रधानमन्त्री कृषी परियोजना प्रमुख किसोर पराजुलिले बताउनुभयो । उहाँका अनुसार किसानलाई प्रत्यक्ष रुपमा खेतमा नै लगेर शत्रु जिव र मित्र जिवको विषयमा जानकार गराउनु नै यो कार्यक्रमको मुख्य लक्ष्य भएको उहाँले वताउनुभयो । उहाँका अनुसार अव किसानले कुनै पनि सानातिना रोग लाग्दा भयानक विषादी प्रयोग नगरुन भन्ने हेतुले नै यो कार्यक्रम थालनी भएको उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा तालिमका प्रशिक्षक गंगा वहादुर माकले एकिकृत शत्रु जिवी ब्यवस्थापन तालिम कृषकलाई कसरी रोगकिरा आफै ब्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाउनु नै मुख्य लक्ष्य भएको बताउनुभयो । उहाँका अनुसार रोग किरा ब्यवस्थापनलाई कसरी खेती गर्न खेत तयार गर्ने देखि विउ छनोट गर्ने सिन्चाई देखि मलखाद ब्यवस्थापन सम्मका विषयमा सिकाईएको उहाँले बताउनुभयो ।
तालिम समापन गर्दे कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका वडा नम्वर ८ का अध्यक्ष परासर
सापकोटाले शत्रु जिव र मित्र जिवका विषयमा किसानलाई सिकाउँदा वायो डाइभरसिर्टि म्यानेजमेन्टमा पनि सघाउ पुग्ने उहाँको भनाई थियो । उहाँका अनुसार अव सवै किसानले आफ्नो खेतीवालीलाई विषदी मुक्त गर्न प्रयास गर्नु नै स्वस्थ बानीको विकासको कडी हुने बताउनुभायो ।
कार्यक्रममा कृषि प्रविधिक सहायक अर्जन प्रशाद चौलागाईले अवको प्रविधि केवल विषदी रहित कृषि प्रणालीमा नै लौजानु अवको अवश्यकता भएको बताउनुभयो । उहाँले वातावरण सन्तुलन साथै सानातिना रोगका लागि प्रयोग गरिने हानीकारिक विषदीका कारण बाली बढि उत्पादन हुनु भन्दा उत्पादनमा हस हुँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आईपीएम संञ्चालक सहजकर्ता राजमती न्हेमाफुकी , प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु जोन समितिका सदस्य कुल वहादुर न्हेमाफुकी , दलिय प्रतिनिधि एवं विद्यार्थी नेता सुवास तिमिल्सेना लगाएतका बक्ताले कृषिमा हाल सम्म किसानले मित्र जिवको पहिचान गर्न नसक्दा किसानलाई आर्थिक एवं भौतिक रुपमा ठुलो क्षती भएको बताउनुभयो । उहाँहरुले अवका दिनमा पनि किसानले बढि उत्पादन गर्ने नाममा विउ छनोट देखि विषदी प्रयोग सम्म ध्यान नदिने हो भने प्रकृतिक सन्तुलन त विर्गने अनिवार्य रहेको छ यसले हामी लगाएत आगामी पुस्तालाई ठुलो नोक्सानी गर्ने बताउनुभयो ।
तालिममा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का ३६ जना किसानहरु संलग्न रहेका थिए । कार्यक्रमको सभापतीत्व कार्यक्रम सहजकर्ता हरेराम ढंगालले गर्नुभएको थियो ।










































