बिद्यालयबाटै बालकको अपरहण

367

धनगढी– कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

अपहरणमा संलग्न कैलालीको गोदावरी नगरपालिका लालपुर गाउँका बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । अपहरणकारी चौधरीले बालककी आमा बिना चौधरीलाई घटनापछि गरेको फोनका आधारमा दाङ जिल्ला प्रहरी कार्यालयको सहयोगमा अपहरणकारीको खोजी गरी बालकको उद्धार गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । बालकलाई अपहरण गरी मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा अपहरणकारी चौधरी  पक्राउ परेका हुन्।