बिपन्न तथा असहाय बालबालिकालाई छात्रबृति दिने उद्देश्यका साथ कोरियामा ‘शत्रुगते’ प्रदर्शन

823

कोरियामा ‘शत्रुगते’ चलचित्र प्रदर्शन हुने

दुध बहादुर लामा : दक्षिण कोरिया

नेपालमा चैत्र ९ गतेबाट सफलता पूर्वक चलिरहेको चलचित्र शत्रुगतेु दोलखाली समाज दक्षिण कोरियाको आयोजनामा कोरियामा प्रदर्शन हुने भएको छ ।

नेपाली नयाँ बर्षको अवसर पारेर अप्रिल २२ तारिखका दिन सउलको जोगेशा गुम्बाको हलमा चलचित्र देखाइने दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले बताए ।

नेपालका बिपन्न तथा असहाय बालबालिकालाई छात्रबृति दिने उद्देश्यका साथ चलचित्र प्रदर्शन गर्न लागिएको समाजकी उपाध्यक्ष ज्ञानु चौहानले बताइन् ।

उनले सामाजिक कार्यका लागि दोलखाली समाजले पहिलो पटक कार्यक्रमको आयोजना गरेको बताउँदै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गरिन् ।

यो कमेडी बिधामा बनेको चलचित्रले धेरै चलचित्र प्रेमी दर्शकहकलाई रमाइलो बनाई कोरियाको कामको थकानलाई मेटाउने छ, समाजका अध्यक्ष सरोज केसीले भने ।

‘हामीले संस्थाको सुरुवातदेखि नै सामाजिक कार्य गर्दै आईरहेको र यो सामाजिक कार्यमा सबैको साथ र सहयोगको खाँचो छ । दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आउँन आग्रह गर्छु’ तेमाल अनलाईनसँग भने ।

महसंचारले एक दशकपछि शत्रुगते चलचित्र निर्माण गरेको हो ।

यो चलचित्र प्रदिप भट्टाराइको निर्देशनमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, दीपक राज गिरी, दीपाश्री निरौला, बसुदन्धरा भुषाल, रमेश रन्जन झा, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।