बुटवलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा !

247

बुटवल :- रुपन्देहीको बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ । शनिवार ऐतिहासिक जीतगढी किल्लाको विजय उत्सव समारोहलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीलाई केही युवाले कालोझण्डा देखाएका हुन् । तर, लगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रधानमन्त्री ओलीले समारोहलाई सम्बोधन गरिरहेका बेला विद्युत सर्ट भएर आवाज आएपछि सहभागीहरु सतर्क हुँदै बसेको ठाउँबाट उठेका थिए । त्यही भीँडबाट हातमा कालोझण्डा बोकेका केही युवा ‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्दै ओली आसिन मञ्चतर्फ अघि बढे । नारा लगाउँदै मञ्चतिर अघि बढेका ती युवालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । कालो झण्डा देखाउने युवाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।